‘म यस्तो गीत गाउँछु २’ को तेस्रो गीत ‘कसम कसम’ सार्वजनिक : (भिडियो)

वर्षमा एउटा मात्र चलचित्र लिएर आउने सुदर्शन थापा यस वर्ष चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल दर्शकमाझ पस्कँदैछन् । थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को तेस्रो गीत बिहीबार सार्वजनिक भएको छ । ‘कसम कसम’ बोलको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत, दिनेश राज पुरीको शब्द र स्वर सुगम पोखरेल रहेको छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रमुख अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मासँगै मोडल अलिशा शर्मा फिचर्ड छन् । गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् भने साजन शाहले मिक्सिङ गरेका हुन् । गीतको अडियो तथा भिडियो दुवै सशक्त रहेको छ। डान्सिङ नम्बरको गीतको भिडियोमा अभिनेत्री पूजाको र मोडल अलिशाको डान्स स्टेप्स निकै आकर्षक रहेको छ ।

यसअघि सार्वजनिक भएको चलचित्रको दुई ‘तिम्रो घरको वरिपरि’ र ‘दुःखको काँडा’ बोलको गीतलाई दर्शक तथा श्रोताले निकै रुचाएका छन् ।पल र पूजाको जोडीलाई दर्शकले ‘म यस्तो गीत गाउँछु’मा रुचाइसकेका छन् । फागुन २३ गतेबाट प्रदर्शनमा आउने ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ ।

सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको चलचित्रमा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन् । रीच इन्टरटेन्मेन्ट र जीजीए ग्रुपले काठमाण्डौ र एफडी कम्पनीले काठमाण्डौ बाहिर चलचित्रको वितरण गर्नेछ । सांगीतिक प्रेम कथामा तयार भएको यो चलचित्रमा सुरज आचार्य र सुदिप ढकाल निर्माण नियन्त्रकको रुपमा छन्।

Leave a Reply