पूजा शर्मा लेख्छिन्–‘मनिषा दिदीले भारतको नुन भिख मागेर खानुभएको होइन’

बलिउडमा लामो समय काम गरेकी नेपाली अभिनेत्री मनिषा कोइरालाले नेपाल सरकारले नयाँ नक्सा पारित गरेको विषयमा एउटा ट्विटमा सिमा विवादबारे नेपालको पक्षमा बोलेको भन्दै ट्विट देखेर भारतीय मिडियाले उनको चर्को आलोचना गरिरहेका छन् । सामाजिक संजालमा अहिले देशको सिमाना र मनिषा कोइरालाको ट्विटको बिषयमा कलाकारहरुले आफ्नो भनाई सार्वजनिक गरिरहेका छन् ।

अभिनेत्री पूजा शर्माले मनिषाको पक्षामा बोल्दै लेख्छिन्,‘आफ्नो व्यक्तित्व र अभिनयका कारण विश्वकै मन जित्न सफल नायिका मनिषा कोइरालाले नेपाली भूमिको बिषयमा टिप्पणी गर्दा भारतीय मिडिया रोइलो गरिरहेका छन् । तर, उनीहरुले सत्यता के हो भनेर केलाएर समाचार बनाउने र खोजी गर्ने चेष्टा गरेनन्, यो दुखको कुरा हो । मनीषा दिदीले भारतको नुन भिख मागेर खानुभयको हैन आफ्नो कलाकारितामा उभियर खानुभयको हो मनीषा दिदीको योगदानलाई लत्याउदै उल्टै अपशब्द बोल्ने मिडीया प्रति टीठ लागेर आयो |

नेपालीहरु काम र कर्मको सिलसिलामा सन्सारभर होलान तर जब देश र आफ्नो जमीनको कुरा हुन्छ तेतीबेला देशकै पक्षमा बोलीन्छ जन्मदिने आमालाई पराई ठानेर मेरै आमाको अङ्ग लुच्छने पराईलाई आमा भन्न सकिदैन चेतना भया | अर्को दुःख यसमा लागेको छकी भारतीय मिडीयाले नेपाल र मनीषा दिदीको बारेमा ठुलो ठुलो स्वरमा नानाभती भनीरहदा नेपालका मिडीयाहरुले खासै आवाज उठाउन सकेनन्|’

Leave a Reply