‘हिजोआजका कुरा’ असोज २८ मा प्रदर्शन हुने

कलाकार सन्तोष पन्तको ‘हिजोआजका कुरा’को नयाँ प्रदर्शन मिति तय भएको छ । सन्तोषका छोरा साकार पन्त निर्देशित चलचित्र आगामी असोज २८ गते प्रदर्शन हुने भएको छ । आइतबार चलचित्रको निर्माण पक्ष र वितरकको बैठकले चलचित्रको प्रदर्शन मिति तय गरेको हो । यसअघि २०७७ वैशाख १२ गतेलाई प्रदर्शन मिति तोकेको यो चलचित्र कोरोनाका कारण सिनेमा हल बन्द भएपछि स्थगित भएको थियो ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सन्तोष र साकारसहित रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्त, रीमा विश्वकर्मा, स्वर्गीय जयनन्द लामा, जेविका कार्की लगायतको अभिनय छ । १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको टेलिसिरियल ‘हिजो आजका कुरा’को नाम सापटी लिएर निर्माण भएको चलचित्रको पहिलो गीत ‘माया जदौ’ गीत हिट भइसकेको छ ।

Leave a Reply