‘जारी’को ‘चरी बस्यो’ गीतमा दयाहाङ र मिरुनाको प्रेम

आगामी वैशाख १ गते प्रदर्शन हुने चलचित्र ‘जारी’को पहिलो गीत रिलिज भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको निर्माण पक्षले शनिबार नै पहिलो गीत सार्वजनिक गरेको हो ।

‘चरी बस्यो’ बोलको लिरिकल गीतमा काली प्रसाद बास्कोटाको शब्द रचना, संगीत तथा स्वर रहेको छ । जारीको सार्वजनिक गीतककोे लिरिकल भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको नोकझोकलाई प्रस्तुत गरिएको छ । आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने सिनेमाको गीतले दर्शकको मन जित्ने देखिन्छ ।

Leave a Reply