‘प्रेमगन्ज’को ‘समय’ गीतमा बेनिशाको प्रेममा तेज

आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेमगन्ज’को तेस्रो गीत ‘समय’ सार्वजनिक गरिएको छ । शनिवार ओएसआर डिजिटल यूट्युब च्यानलमार्फत् सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारहरु बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन र सुप्रिया खनाल फिचर्ड छन् । गीतमा पुरुषोत्तम ढुंगेलको शब्द तथा संगीत रहेको छ भने किरण भुसालले आवाज दिएका छन् ।

स्याड भर्सनको गीतले बेनिशाप्रति तेजको प्रेम र समर्पणको भावलाई व्यक्त गर्छ । तेज र बेनिशाले युवा उमेरको भूमिकामा अभिनय गरेका छन् भने उनीहरुको टिनएजरको भूमिकामा प्रशन र सुप्रिया प्रस्तुत छन् ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई परिच्छेद सेनले नै लेखेका हुन् । चलचित्रमा बेनिशा हमाल, सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ । यस्तै, चलचित्रमा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ । स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको चलचित्र, चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको चलचित्र डेढ करोडको लगानीमा बनेको हो ।

Leave a Reply