बेनिशा हमाल शिक्षा सदनको ब्रान्ड एम्बेसडर नियुक्त

अभिनेत्री बेनिशा हमाल शिक्षा सदनको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । कन्सल्टेन्सीका प्रबन्ध निर्देशक टीका भुर्तेलले अभिनेत्री हमाललाई एम्बेसडरमा नियुक्त गरेका हुन् । बेनिशाले उनलाई ब्रान्ड एम्बेसडरको रूपमा छान्नु भएकोमा शिक्षा सदनलाई धन्यवाद दिएकी छन् र यस संस्थाको एक हिस्सा हुन पाउनुमा खुशी पनि व्यक्त गरेकी छन्। केही दिन अघि हमाल यसै कार्यक्रमको लागि भनेर पोखरा पुगेकी थिइन् ।

गत वर्ष स्थापना भएको शिक्षा सदन एजुकेसन कन्सल्टेन्सी हाल पोखराको सिद्धार्थ चोक र काठमाडौँ पुतलीसडकमा छ । उच्चशिक्षाका लागि अस्ट्रेलिया, बेलायत, क्यानडालगायत देश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायत सेवा सुविधा कन्सल्टेन्सीले दिँदै आइरहेको छ ।

Leave a Reply