चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार कार्यक्रम स्थगित

चलचित्र पत्रकार संघ, नेपालले आफ्नो वार्षिकउत्सवमा प्रत्येक वर्ष वितरण गर्ने ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यक्रम’ स्थगित गरेको छ । संघले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण सिर्जित समस्या र वर्तमान अवस्थालाई मध्यनजर गर्दै यो वर्ष कार्यक्रम नगर्ने निर्णय गरेको हो ।

जेठ ७ गतेलाई आफ्नो स्थापना दिवसको रुपमा ‘चलचित्र पत्रकारिता दिवस’ मनाउदै आइरहेकोमा, यसपटक भने अनलाइन मार्फत शुभकामना आदान-प्रदान गर्न हुन्, महा-सचिव समीर बलामीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघले प्रत्येक वर्ष दुई जनालाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान, दुई जनालाई चलचित्र पत्रकारिता पुरस्कार र १ जनालाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारद्वारा सम्मान गर्ने गरेको छ । साथै, आगामी वर्षदेखि संघले पुरस्कार रकममा बढोत्तरी गर्ने र मोफसल चलचित्र पत्रकारितालाई पनि समेट्दै ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ पनि थप्ने बताएको छ ।



Leave a Reply