चलचित्र ‘प्रपञ्च’को गीत ‘मुटुमा सास भर्ने आधार’ सार्वजनिक

बिएस बलामी निर्देशित चलचित्र ‘प्रपञ्च’ को गीत ‘मुटुमा सास भर्ने आधार’ सार्वजनिक गरिएको छ । प्रेम भाव बोकेको गीतमा चलचित्रका मुख्य कलाकार सुमन थापा र मेनुका माझीको अभिनय छ । सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीले स्वर दिएका छन् ।

आगामी असोज २१ बाट प्रदर्शनमा आउने चलचित्रमा बद्री साह, अनिल गीता र रवि राज आचार्यले निर्माण गरेका हुन् । चलचित्रमा सिद्धार्थ सिंह, ध्रुव कोइराला, पियुस मगर, मनिल तामाङ, प्रकृति केसी लगायत कलाकारको पनि अभिनय छ ।

Leave a Reply