रेखा र सविनको ‘हिरो रिटर्न्स’ टीभीमा रिलिज हुने

गत बैशाख २६ गते प्रदर्शन मिति घोषणा गरिएपनि लकडाउनका कारण अभिनेता सविन श्रेष्ठ र अभिनेत्री रेखा थापा स्टारर चलचित्र ‘हिरो रिटर्न्स’ निर्धारित समयमा रिलिज हुन सकेन । अब भने चलचित्र ‘हिरो रिटर्न्स’ डिसहोममार्फत रिलिज हुने भएको छ ।कोरोना भाइरसका कारण चलचित्र हलहरू बन्द भएका कारण हलमा रिलीज नभएपनि डिसहोममार्फत चलचित्र रिलिज हुन लागेको हो ।नायक सविन श्रेष्ठको निर्माण गरेको चलचित्र निर्माण भएको केही वर्ष भएपनि हलमा रिलिज भएको थिएन ।बारम्बार चलचित्रको प्रदर्शन मिति स्थगित हुँदै गएपछि चलचित्रको निर्माणपक्षले चलचित्रलाई अब अन्य प्लेटफर्मबाट रिलिज गर्ने तयारी थालेको छ ।

एक्सन र लभस्टोरी कथामा आधारित रहेको चलचित्रलाई जेठ ३०बाट टेलिभिजनमा हेर्न सकिने छ । चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन् । चलचित्रमा अभिनेता सरोज खनाल पहिलो पटक नकारात्मक भूमिकामा देखिन लागेका हुन् । मदन कस्यप घिमिरेको छायांकन रहेको चलचित्रमा दिल श्रेष्ठको पनि प्रमुख भूमिका छ । अभिनेत्री रेखा थापा १८ वर्ष अगाडि चलचित्र ‘हिरो’ बाट अभिनेत्रीको रुपमा नेपाली चलचित्रमा भित्रिएकी थिइन् ।चलचित्रमा सुलेमान शंकर (इकु), सुरेश थापा (दर्शने), रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठलगायतको पनि अभिनय छ । चन्द्र गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने र चन्द्र न्यापाने निर्मातामा छन् ।

Leave a Reply