‘प्रेमगञ्ज’ मा ‘मैना’ बनेकी बेनिशा हमालको बोल्ड अवतार

अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । भ्यालेनटाइन डेको अवसरमा निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा उनी बोल्ड अवतारमा प्रस्तुत छिन् । चलचित्रमा बेनिशा ‘मैना’ को चरित्रमा रहेको पोस्टरमा उल्लेख छ ।

परिच्छेद सेनको निर्देशनमा बनेको चलचित्रमा बेनिशाकासंगै तेज गिरी, सम्पदा बानियाँ, राईडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्काको पनि अभिनय रहेको छ । चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता राजु फुयाँल हुन् । प्रेमकथामा आधारित चलचित्रको कथा निर्देशक सेनले नै लेखेका हुन् ।

‘प्रेमगञ्ज’ को काभ्रेको देउराली, सोलुखुम्बुको पत्ताले, काठमाडौँ तथा भक्तपुरको नाला र पनौतीमा छायांकन भएको हो । कोरोना महामारीका बीच ७० दिन खिचिएको चलचित्रको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । चलचित्रको २ करोड लगानी भएको बताइएको छ ।

Leave a Reply