भारतको रामोजी स्टुडियोबाट सुरु भयो ‘ह्रस्वदीर्घ’को छायांकन

नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘ह्रस्वदीर्घ’को छायांकन सुरु भएको छ । सोमबार भारतको हैदराबादस्थित संसारकै सबैभन्दा ठूलो स्टूडियो मानिने रामोजी स्टुडियोबाट पूजाआजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।

युवापुस्ताको प्रेमकथामा बन्न लागेको चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण हुन लागेको छ । चलचित्रको छायांकन नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा हुने छ ।

Leave a Reply