सलोनको ‘जय हो’को औपचारिक घोषणा, भदौमा प्रदर्शन हुने

अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने चलचित्र ‘जय हो’को औपचारिक रुपमा घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको सम्पूर्ण कास्ट एण्ड क्रिउको घोषणा गरिएको हो । चलचित्रको निर्माण घोषणा गर्दै आगामी भदौ ८ गतेलाई प्रदर्शन मिति पनि घोषणा गरिएको छ । आगामी चैत्र ५ गते (आइतबार)देखि छायांकनमा निस्कने चलचित्रलाई पौरखी राईले निर्देशन गर्ने छन् ।

कमेडी, एक्सन र लभस्टोरी कथामा निर्माण हुने चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङसँगै अतिथि कलाकारमा रोहित रुम्बा छन् । सलोन सलिना फिल्म्सको ब्यानरमा बन्न लागेको चलचित्रको निर्मातामा राज के अधिकारी र सुरज सरकार रहेका छन् भने प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।

चलचित्रको काठमाडौं, पोखरा र मुस्ताङमा छायंकन गरिनेछ । नेपालको छायांकन सकिएपछि चलचित्रको केही प्रतिशत छायांकन अष्ट्रेलियामा पनि गरिनेछ । निर्देशक राई र अभिनेता बस्नेतबीच यो दोस्रोपटक सहकार्य हुन लागेको हो । टेकले यसअघि सलोनलाई लिएर चलचित्र ‘मिलन’ बनाएका थिए ।

सौरभ लामाको छायांकन, सम्राट बस्नेतको द्वन्द्व, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिष शाहको सम्पादन रहने फिल्मको मुख्य सहायक निर्देशकमा दिप्त प्रकाश अधिकारी, प्रोडक्सन म्यानेजरमा केबलमान सिङ बस्नेत र गणेश भण्डारी, निर्माण संयोजकमा सुभाष काफ्ले छन् । ‘जय हो’मा सुरेश न्यौपानेको कथा, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ

Leave a Reply