दीपक-दीपाको ‘कालो कोट’ मा सौगात भिलेन

कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माता रोहित अधिकारीसँँग सहकार्य गरेर नयाँ चलचित्र बनाउँदै छन् । चलचित्रको नाम ‘कालो कोट’ हो । र यो चलचित्रको स्क्रिप्टलाई प्रदीप भारद्वाजले लेखिरहेका छन् । ‘छ माया छपक्कै’को दोस्रो शृंखला बनाउने हल्ला चले पनि अहिले ‘कालो कोट’ शीर्षकमा चलचित्र बनाउन लागेका हुन् ।

चलचित्र ‘कालो कोट’मा सौगात भिलेनको भूमिकामा देखिने भएका हुन् । स्क्रिनप्ले ‘लक’ भएपछि चलचित्रमा सौगात मल्ललाई लिने सोचमा निर्माण टिमको रहेको छ । त्यस्तै, चलचित्रमा तीन जना अभिनेत्रीहरु रहनेछन् । ‘सोसल कमेडी’जनरामा निर्माण हुने ‘कालो कोट’ वकिलहरुको कथामा निर्माण हुने बताएको छ । निर्माता रोहित अधिकारीले दिपक दिपासंग ब्लकबस्टर चलचित्र ‘छ माया छपक्कै’ मा पहिलो पटक सहकार्य गरेका थिए । ​हाल यस चलचित्रको लेखन र कास्टिङ एकसाथ चलिरहेको छ ।

Leave a Reply