अनमोल केसीलाई लिएर ‘धुपौरे’ बनाउँदै साम्तेन भुटिया

कोरीबाटी, काठमाडौँ

अभिनेता अनमोल केसीले नयाँ चलचित्रमा साइन गरेका छन् । साम्तेन भुटियाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘धुपौरे’को लागि अभिनेता केसीले साइन गरेका हुन् । चलचित्रको अभिनेताको रुपमा अनमोल केसीलाई फाइनल गरिएको निर्माण पक्षले जानकारी गराएको छ ।

तिहारपछि छायांकन सुरु हुने यो फिल्मको मंगलबार दिउँसो लोगो सार्वजनिक गरिँदैछ । डार्क एक्सन-लभस्टोरी जनरामा निर्माण हुने चलचित्रको पोस्टरमा जुवा-पैसाको चलखेल देखाइएको छ । चलचित्रमा अहिलेसम्म अनमोलबाहेक अरु कलाकारको टुंगो लागेको छैन । अब बाँकी कलाकारको छनोट प्रक्रिया सुरु गर्ने तयारीमा निर्माण टिम छ ।

अहिलेसम्म अनमोलबाहेक अरु कलाकारको टुंगो लागेको छैन । अब बाँकी कलाकारको छनोट प्रक्रिया सुरु गर्ने तयारीमा निर्माण टिम छ ।

Leave a Reply