वैद्य माओवादीले कब्जा गरेको जग्गामा आफ्नो संलग्नता नरहेको किरण केसीको भनाइ

गत शनिवार चर्चित हाँस्य कलाकार किरण केसी उर्फ ‘राता मकै’ को ४० बिघा जग्गा कब्जा गरेको खबर बाहिर आएको थियो । तर उक्त खबर झुटो रहेको उनको भनाइ छ । केसीले वैद्य माओवादीले कब्जा गरेको जग्गामा आफ्नो संलग्नता नरहेको बताएका छन् । ट्वान्टी वान ग्रुपको सो जग्गाको उनी ब्रान्ड एम्बेस्डर मात्र हुन । ट्वान्टी वान ग्रुपको मात्र नभएर आफू अन्य कुनै पनि संघ संस्था सँग आबद्ध नरहेको उनको अभिव्यक्ति छ । वैद्य माओवादीले शनिवार प्लटिंग गरिएको जग्गामा पार्टीको झन्डा तथा ब्यानर गाडेर कब्जामा लिएको घोषणा गरेको थियो l माडी नगरपालिका २ स्थित पौहारीमा रहेको ४० बिघा जग्गा कब्जा गरिएको हो। माडी नगरपालिका २ स्थित पौहारीमा रहेको जग्गा सकुम्बासीले पाउनुपर्ने भन्दै आफूहरूले कब्जामा लिएको वैद्य माओवादीले जनाएको छ। रियल स्टेट कम्पनी ट्वान्टी वान ग्रुपले सो जग्गा प्लटिंग गरेको थियो ।

Leave a Reply