सुशील र रुबिनाको ‘लभ डायरिज’ युट्युबमा सार्वजनिक(भिडियो)

लभस्टोरी-कमेडी जनरामा निर्माण भएको सौरभ चौधरी निर्देशित चलचित्र ‘लभ डायरीज’ बिहिबार मातातिर्थ औशी को शुभ अवसर पारेर युट्युबमा सार्वजनिक भएको छ । कोरोना भाइरसको सङ्कट न्यूनीकरण गर्न सरकारले जारी गरेको लक डाउनका कारण देशै भरका हल हरू बन्द भएका छन् भने सारा नेपाली घरभित्रै बस्नु पर्ने अवस्था आएको छ । यसै बिच दर्शकलाई घरमै बसेर मनोरञ्जन दिनको लागी चलचित्र छिट्टै युट्युबमा सार्वजनिक गरिएको निर्माण पक्षले बताएको छ । अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुबिना थापाको मुख्य भूमिका रहेको चलचित्र बिहिबार बुढा सुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सार्वजनिक भएको चलचित्र एक दिनमा युट्युबको ट्रेन्डिङको तीन नम्बरमा पर्न सफल भएको छ ।

चलचित्र रिलिज भएको एक दिनमा नै ६ लाख ९७ हजार बढिले हेरिसकेका छन् । चलचित्रलाई २९ हजारले मन पराएका छन् भने ३३ सय बढिले प्रतिक्रिया दिएका छन् । अधिकांश प्रतिक्रिया सकारात्मक रहेको छ । प्रेम दिवसको अवसरमा अर्थात् आउँदो फागुन २ गतेबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्रमा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

चलचित्रमा युवा-युवतीबीचको माया-प्रेमलाई समावेश गरिएको छ। चलचित्रमा साहिल खान/मिलन श्रेष्ठको सम्पादन र सञ्जय लामाको छायांकन रहेको छ । विनोद सापकोटाको मुख्य लगानी रहेको चलचित्रमा सरोज तुलाधर निर्माताको रुपमा छन् । चलचित्रको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् भने, अर्जुन पोखरेलले संगीत भरेका छन् ।

Leave a Reply