‘लाइफ इन एलए’को प्रदर्शन एक महिना पछि सर्‍यो

चलचित्र ‘लाइफ इन एलए’ को प्रदर्शन पोस्टपोन्ड भएको छ । नेपालभन्दा पहिला अमेरिकाको विभिन्न ठाउँमा प्रदर्शन भइसकेको चलचित्रको नेपाल प्रदर्शन एक महिना पछाडि सरेको हो । होलीको अवसरमा निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आगामी जेठ ६ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति तोकेको हो । नेपाल र अमेरिकामा छायांकन गरिएको चलचित्रको यसअघि बैशाख ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको थियो ।

सूर्य एन श्रेष्ठ निर्देशित चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, प्रविन खत्रीका साथै अमेरिकाका कलाकार जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । अमेरिकामा बसोबास गर्ने नेपालीहरुको कथामा निर्माण भएको चलचित्रलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार अन्जान सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्मातामा छन् ।

Leave a Reply