चलचित्र पत्रकार संघको वार्षिक उत्सव भर्चुअल माध्यमबाट सम्पन्न

चलचित्र पत्रकार संघ नेपालले शुक्रबार आफ्नो ‘२२ औं वार्षिक उत्सव तथा चलचित्र पत्रकारिता दिवस’ भर्चुअल माध्यमबाट मनाएको छ । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल रहनु भएको थियो । विशेष अतिथी नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल,संस्थापक अध्यक्ष भरत शाक्य , पूर्व अध्यक्ष बिदुर गिरि, शान्ति प्रिय, निवर्तमान अध्यक्ष सन्दिप सापकोटा र सिनेमा क्षेत्रसँग आवद्ध संघसंस्थाका अध्यक्ष र संघका सम्पुर्ण शाखाका अध्यक्ष अतिथिको रुपमा रहेका थिए । संघले आफ्ना सम्पुर्ण सदस्य तथा सिनेमा क्षेत्रसँग सम्बधित संघसंस्थाका पदाधिकारीको भर्चुअल उपस्थीतिमा वार्षिक उत्सव सम्पन्न भएको हो ।

Leave a Reply