विपिन र केकीको ‘प्रसाद २’को छायांकन सम्पन्न, नयाँ वर्षमा प्रदर्शन हुने

सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘प्रसाद २’को छायांकन सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ गाउँबाट सुटिङ सुरु भएको चलचित्रको छायांकन ३१ दिनमा सकिएको हो । शनिबार ल्वाङ गाउँमै चलचित्रको अन्तिम दृश्य खिचिएको थियो । छायांकन सकिएसँगै चलचित्रको आगामी नयाँ वर्ष अर्थात् २०८० सालको बैशाख १ गतेलाई प्रदर्शन मिति समेत घोषणा गरिएको छ ।

सुशील पौडेलको लेखनमा निर्माण भएको चलचित्रमा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् भने अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणी नेपाल, विशाल पहाडी, निमा पाण्डे लगायतको पनि अभिनय छ । चलचित्रको छायांकन राजेश श्रेष्ठले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गर्नेछन् ।

एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा सुदर्शन बस्नेतको लगानी छ । चलचित्रका कार्यकारी निर्माता सुवास थापा हुन् । चलचित्रमा राजनराज सिवाकोटीको संगीत रहेको छ । ‘प्रसाद २’, २०७५ सालमा डेढ वर्ष अगाडि प्रदर्शनमा आएको दर्शकले र समिक्षकले रुचाएको चलचित्र ‘प्रसाद’ को सिक्वेल हो । ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए ।

Leave a Reply