‘प्रसाद २’मा नम्रताको ठाउँमा केकी अनुबन्धित

चलचित्र ‘प्रसाद २’ मा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छन् । छायांकनअघि नम्रता श्रेष्ठले चलचित्र छाडेपछि केकी जोडिएकी हुन् । केकी प्रमुख महिला पात्र कल्याणीको भूमिकामा देखिनेछिन् । उनी विपिन कार्कीको जोडी हुनेछिन् । चलचित्रमा अर्पण थापाको पनि प्रमुख भूमिकामा रहनेछन् ।

सुभाष थापा प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । यसअघि ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए । सुशील पौडेलको लेखनमा निर्माण हुने चलचित्रबाट केशव पाण्डेले चलचित्र निर्माणमा हात हालेका छन् । डेढ वर्ष अगाडि प्रदर्शनमा आएको दर्शकले र समिक्षकले रुचाएको चलचित्र ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद २’मा विपिन, केकी र अर्पणको साथमा राज कटुवाल, कमलमणी नेपाल, प्रकाश घिमिरे, रश्मी पाण्डे, गीता अधिकारी लगायत अभिनयमा रहनेछन् ।

यही हप्ताबाट फ्लोरमा जाने चलचित्रलाई कास्कीको याङ्जाकोट आसपास छायांकन गरिनेछ । ‘प्रसाद २’लाई राजेश श्रेष्ठले खिच्नेछन् र सम्पादन मिलन श्रेष्ठले गर्नेछन् ।

Leave a Reply