अमेरिकामा निर्माण भएको ‘ओभर डोज’ को ट्रेलर सार्वजनिक(भिडियो)

चलचित्र ‘ओभर डोज’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा प्रेम,रोमान्स र एक्सन समेटिएको छ ।

अमेरिकामा निर्माण भएको यस चलचित्रमा प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रलाई सुमन पौडेलले निर्देशन र जीवन कुमार केसीले निर्माण गरेका हुन् ।

आउँदो मंसिर १७ गतेलाई प्रदर्शन हुने चलचित्रमा प्रेम, रोमान्स, कमेडी, सस्पेन्स र एक्सनलाई समेटिएको छ । युवापुस्ताको रुचिलाई ध्यानमा राखेर युवापुस्ताकै कथामा चलचित्र निर्माण गरेको बताईएको छ । यस चलचित्रमा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाईको छायांकन रहेको छ ।

कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको चलचित्रका लेखक उपेन्द्र पन्जियार र जुनियर मोरेनो हुन् । चलचित्रलाई जि.जि ग्रूपले उपत्यका र एफडि कम्पनीले मोफसलमा वितरण गर्नेछ ।

ट्रेलर हेर्नुहोस् :-

Leave a Reply