ग्रेस ईभेन्टको मिस्टर एण्ड मिस ग्रेस प्लस टु को ट्यालेन्ट शो आश्विन १० गते हुने

कोरीबाटी,काठमाडौँ

राजधानी तथा मोफसलमा विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल ग्रेस ईभेन्टको आयोजनामा चावहिलस्थित जूम क्याफेमा ग्रेस ईभेन्टको दोश्रो वार्षि्कोत्सवको अवसरमा आश्विन १० गत्ते मिस्टर एण्ड मिस ग्रेस प्लस टु को ट्यालेन्ट शो साथै हिन्दु धर्मावलम्वीहरुको महान पर्व बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान-प्रदान गर्दै सम्पन्न हुने भएको छ ।

राजधानी तथा राजधानी बाहिरका बिभिन्न कलेजहरुबाट प्रतिनिधित्व गर्दैअडिसन मार्फत छनौट भएका २० जना युवा तथा युवती मोडलहरुलाई नेपालका ख्यातिप्राप्त कोरियोग्रफर, व्युटिसियन, कलाकार लगायत विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्याक्तित्वहरु बाट सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरिएको ग्रेस ईभेन्टकी प्रोग्राम को अर्डिनेटर अनिता श्रेष्ठ प्रजापतिले जानकारी दिईन ।

नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट, फरक एवं नयां शैलीका डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रवर्द्दन गर्ने उद्देश्यले राजधानीभित्र मात्र सम्पन्न हुँदै आए्को यस्ता कार्यक्रम मोफसलमा रहेका प्रतिभालाई समेत उचित स्थान प्रदान गरिनुपर्छ भन्दै बिभिन्न समयमा फेशन पारखीहरुको हव बन्दै गएको मोफसलहरुमा समेत ब्युटि पेजेन्ट मार्फत त्यहि क्षेत्रका लुकेर रहेका प्रतिभा तथा आफुमा अन्तर्निहित प्रतिभा हुदाहुदै पनि प्रस्फुटन गरऔने उचित अवसर नपाएका प्रतिभाहरुको लागि ग्रेस ईभेन्टले विगत लामो समयदेखि यस्ता सौन्दर्य सम्बन्धी कार्यक्रमहरु संचालन गर्दै आएको र यस पटक राजधानीमा मिस्तर एण्ड मिस ग्रेस प्लस टू आयोजना गरिएको ग्रेस ईभेन्टका सचिव पवन कोइरालाले जनाए ।

Leave a Reply