सेञ्चुरी मिस टिन नेपाल, उपाधिकालागि २० किशोरी भिड्दै

सेञ्चुरी मिस टिन नेपालको १८ औं संस्करणको ग्राण्ड फिनाले आगामी असोज ९ गते हुने भएको छ । काठमाडौं जेसीजले सन् २००२ देखि निरन्तर आयोजना गर्दै आएको मिस टिनको फाइनलमा २० जना प्रतिस्पर्धीहरुबीच उपाधि भिडन्त हुनेछ ।
आयोजक काठमाडौं जेसीजका अध्यक्ष अनुप सुनुवारका अनुसार किशोरीहरुको क्षमता अभिवृद्धि, सामाजिक एवं सांस्कृतिक वृत्ति विकास तथा महिला सशक्तिकरणको लक्ष्यसहित मिस टिन नेपालको आयोजना हुन लागेको हो ।

प्रतियोगिताको अडिसन राउण्डमा सहभागी ५० जनामध्ये २० जना ग्राण्ड फिनालेका लागि चुनिएका हुन् । प्रतियोगिताको मुख्य कोरियोग्राफरको भूमिका प्रियारानी लामाले निर्वाह गर्नेछिन् । उनले प्रतियोगिताका सहभागिहरुलाई राम्री बन्न र बोल्न मात्रै प्रोत्साहन नगरिने भन्दै एक जिम्मेवार नागरिकका रुपमा सहभागिहरुको क्षमता विकास गराइने बताइन् ।

प्रतियोगिको ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्नेहरुमा विभुषा बस्नेत, अदितीश्रेष्ठ, कसकपौडेल, सुम्निमा पुरी, आर्या पोखरेल, सुस्जिता पौडेल, स्नेहा पौडेल, पूजा ओली, प्रतिक्षा डंगोल, पारिका भण्डारी, हर्षिता पन्त, विसुका कोइराला, निशा सोनी, सुस्मिता अधिकारी, रोशनी सुनवार, खुसी श्रेष्ठ, आरती गिरी, सञ्जु श्रेष्ठ र कुसुम भट्टराई रहेका छन् ।

प्रतियोगितामा सेञ्चुरी मिस टिन नेपाल २०२२ को मुख्य टाइटलसहित विभिन्न १२ सब टाइटल अवार्डहरु राखिएका छन् । १६ देखि १९ वर्षसम्मका किशोरीहरु प्रतिस्पर्धी रहेको मिस टिन नेपालको मुख्य प्रायोजकका रुपमा सेञ्चुरी रहेको छ भने एनआइसीएसिया बैंक बैंकिङ पाटर्नर रहेको छ । आयोजकका अनुसार मिस टिन २०२२ को भोटिङ पाटर्नरमा खल्ती, डिजिटल पाटर्नरमा केटिएम रुस, फुड पाटर्नरमा द बर्गर हाउस, फेसन पाटर्नरमानमूनाकलेज अफ फेसन टेक्नोलोजी, यचु बुटिक रनीर्तिज डिजाइन रहेका छन् । प्रतियोगिताका विजेताहरुलाई क्राउन, अवार्ड र ‘सी इज सक्सेस’ नाम सामाजिक परियोजनामा काम गर्ने लगायतका अवसर प्राप्त हुने आयोजकले जनाएको छ ।

Leave a Reply