प्रर्दशन गर्दा कोरोना फैलिए जिम्मा कस्को नायिका ज्यु ?

कोरोना भाइरस अर्थात् कोभिड-१९ महामारीको समयमा सरकारको काम प्रति असन्तुष्ट युवाहरुको समूह सामाजिक दुरी कायम गर्दै गएको मंगलबार बालुवाटारमा प्रदर्शनमा उत्रिएका थिए ।  कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्ने लगायतका माग राखेर युवाहरु सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिए । बुधबार र बिहिबार पनि प्रदर्शनले निरन्तरता पायो । बिहीबारको प्रदर्शनमा अझ धेरै मानिसहरु सहभागी भए ।बालुवाटार हुँदै देशभर फैलिएको यो आन्दोलनको फ्रन्टलाइनमा केही सेलिब्रेटी पनि छन् । ‘कोभिड १९ नेपाल, इनफ इज इनफ’ नामको पेज खोलेर आन्दोलनको नेतृत्व गरिरहेका सेलिब्रेटीहरुमध्ये निशा अधिकारी, सुरक्षा पन्त र नग्मा श्रेष्ठ यो पेजका एडमिन हुन् । उनीहरुकै आग्रहमा अन्य धेरै सेलिब्रेटीले प्रदर्शनमा सहभागिता जनाइरहेका छन् । काठमाडौँमा प्रदर्शनकारीहरु माथि प्रहरीले पानीको फोहोरा, आश्रुग्यास र लाठी समेत बर्षायो ।

केपी ओली सरकारले अपेक्षा अनुरुप खासै काम गर्न सकेको छैन त्यसैले सरकारको काम कारबाहीसँग असहमत हुने हजार कारण छन् । तर, यसो भन्दैमा कोभिड १९ को संक्रमितले दिनदिनै रेकर्ड राखिरहेको समयमा हुलका हुल बोलाएर आन्दोलन गर्नु कमसेकम अहिलेको समयमा चित्त बुझ्ने कुरा होइन । यसरी सबैलाई बोलाउनु अघि सेलिब्रेटीले आफ्नै भनाइ सम्झिए हुन्छ । वर्षा राउतले झुक्किएर राष्ट्रियताको विषयमा बोल्दा उनले कुन तहको आक्रमण झेल्नु पर्यो, त्यो कसैबाट लुकेको छैन । आशा गरौं, कुनै अर्को सेलिब्रेटी यस्तो कुराको भिक्टिम बन्न नपरोस् । उनीहरुले कसरी जनतालाई संक्रमणको समयमा घरमै बस्न ज्ञानी बनेर सल्लाह दिएका थिए । के उनीहरुका लागि संक्रमणको समय सकिएको हो ?

फिल्म मा एक्सन कट भन्दै दशौं पल्ट रिटेक लिन पाइन्छ, सिन नमिले एडिटिंगमा मिलाउन पाइन्छ , अनि भिएफएक्स पनि रहेको छ । आन्दोलनमा जाँदै गर्दा यदि संक्रमण फैलिए यसमा रिटेक लिने ब्यबस्था नि हुन्न सुरक्षा जि निशा जि फिल्म खेलेको जस्तो हैन अरु को स्वास्थ सङ खेल्ने कुरा भोलि यदि कसैलाई केही भए जिम्मेवारी कस्को , तपाईंहरु जिरो टोलरेंस भन्दै हिसाब खोज्नु हुन्छ भोलि यस्तो दिन नि नआओस् कि तपाईंहरु आफैलाई हिसाब खोज्न नआओस् ।

Leave a Reply