साउथ चलचित्रको आइटम गीतमा स्वस्तिमाको आकर्षक नृत्य(भिडियो)

साउथ (मलयालम) चलचित्र ‘थिरिमाली’मा समावेश आइटम गीत सार्वजनिक भएको छ । नेपालमा छायांकन भएको चलचित्रको ‘रंग विरंगी रात फिरंगी’ बोलको गीतको भिडियोमा नेपाली अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छिन् । गीतको भिडियोमा स्वस्तिमा बोल्ड अवतारमा प्रस्तुत भएकी छन् । भिडियोमा उनले आकर्षक नृत्य गरेकी छन् ।

उक्त आइटम गीत भने हिन्दी भाषामा छ । बिजीपालको संगीत, तनिष्क नब्बरको शब्द रहेको गीतमा गायिका सुनिधि चौहानको स्वर रहेको छ ।

राजीव सेट्टीको निर्देशनमा तयार भएको चलचित्रमा विपिन जर्ज र धर्माजन बोलगाटी छन् । चलचित्रमा नेपालका रमणीय दृश्य हेर्न सकिन्छ । नेपाल घुम्न आएका दुई व्यक्तिको कथामा यो चलचित्र घुमेको जनाइएको छ । हिन्दी, मलयालम, कन्‍नड, तमिल र तेलूगू भाषामा रिलिज हुने चलचित्रमा नेपाली कलाकार माओत्से गुरुङ र उमेश तामाङको पनि अभिनय रहेको छ ।

Leave a Reply