अमेरिका रहेकी केकी लेख्छिन् – बहुमूल्य भोटको प्रयोग गर्न नपाउनुले चित्त दुखेको छ

अभिनेत्री केकी अधिकारी अहिले अमेरिकामा छिन् । विवाह गरेको एक सातामै काम विशेषले अमेरिका उडेकी केकीले स्थानीय निर्वाचनको समयमा देश बाहिर भएकोले आफ्नो बहुमुल्य भोटको प्रयोग गर्न नपाएकोले चित्त दुखेको व्यक्त गरेकी छन् ।

फेसबुक स्टाटसमा केकी लेख्छिन् ‘काम विशेषले बाहिर भएको कारणले मैले यसपटक मेरो मताधिकारको प्रयोग गर्न पाइन। तपाईंहरुले चाहिँ आफ्नो एक भोटको मुल्य पक्कै बुझ्नुभएकै छ। निर्वाचनमा सहभागी भइ आफ्नो मताधिकारको सही प्रयोग गर्नुहोला। शान्त ,सुरक्षित अनि सुब्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुनसकोस् भन्ने कामना गर्दछु।’

Leave a Reply