‘दि कर्मा’ को एक्शन प्याक्ड ट्रेलर सार्वजनिक (भिडियो)

आगामी माघ १७ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको एक्सन-लभस्टोरी चलचित्र ‘दि कर्मा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । एक्सन प्रधान ट्रेलरमा करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना, बुद्दी तामाङलाई देख्न सकिन्छ । ट्रेलरमा परमिता र बुद्दीलाई नेगेटिभ भूमिकामा देखाइएको छ । त्यस्तै, नीता र करणलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ ।

भारतीय मुलका अभिनेता करण वर्माको आकर्षक शरीर र एक्सनले ध्यान खिच्न सक्छ । चलचित्रमा देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको पनि अभिनय छ ।

नेपालको तराई क्षेत्रमा छायांकन भएको चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया मेनेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् ।

शुशील पोखरेलको पटकथा तथा संवाद रहेको चलचित्रमा रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माताको रुपमा रहेको छन् । सारदा खड्का अर्याल सह-निर्माता रहेको चलचित्रमा कोशिश क्षेत्री/मानस थापा/अंकित बाबु अधिकारीको संगीत र रामेश्वर कार्कीको छायांकन छ ।

Leave a Reply