चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला निर्वाचित, अरु पदमा को को रहेका छन् ? (फोटो फिचर)

नेपाली चलचित्रको विषयमा कलम चलाउने पत्रकारहरुको साझा संस्था चलचित्र पत्रकार संघको अध्यक्ष पदमा दिनेश सिटौला चुनिएका छन् । सिटौलाको समर्थनमा ७० मत खसेको थियो भने अध्यक्ष पदमा नै उम्मेदवारी दिएका डब्बु क्षेत्रीको समर्थनमा ३९, अनिल यादबको १४ र गिता अधिकारीको १४ मत खसेको थियो ।

सोमबार काठमाडौँमा सम्पन्न आठौं अधिवेशनमा उपाध्यक्ष पदमा जीवन पराजुली एक बढी मतले जितेका छन् । उनीसंगै उम्मेदवारी दिएका कुबेर गिरीको नाममा ७३ मत खसेको थियो भने जीवनको नाममा ७४ मत । महासचिवमा चुनिएका समिर बलामीको नाममा ८८ र उनको प्रतिस्पर्धी बैकुण्ठ पराजुलीको नाममा ५० मत मात्र खसेको थियो । सचिवमा चुनिएका रघुनाथ सापकोटाको नाममा १०५ र उनको प्रतिस्पर्धी आकाश खड्काको नाममा ३१ मत मात्र खसेको थियो ।

त्यसैगरी कोषाध्यक्षमा प्रदीप कार्की (निर्बिरोध) र सह-कोषाध्यक्षमा विनोद पोख्रेल चुनिएका छन् । भने, सदस्यहरुमा नविन गिरी (१०५),मनिष अन्जान (८२), गोपीकृष्ण चापागाईं(७५),आशिष ओली (६९), मिलन ढुंगाना (७६) ,सृष्टि पोखरेल(६६) र सुरक्षा भट्टराई (महिला) निर्बिरोध मतका साथ चुनिएका छन् । निर्वाचनमा कुल १३८ मत खसेको थियो ।

Leave a Reply