‘रातो टिका निधारमा’को बुकिङ खुल्ला

कोरीबाटी,काठमाडौँ

यसै शुक्रबारबाट अर्थात भोलिबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रातो टिका निधारमा’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ ।

बुधबारबाट खोलिएको बुकिङमा ‘रातो टिका निधारमा’ले मल्टिप्लेक्स हलमा उच्च शोज हात पारेको छ । चलचित्रलाई देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले राजधानी र मोफसल गरी ३४ शोज उपलब्ध गराएको छ । भने, विग मुभिजले ६, एफ क्युबले ५, बिएसआरले ६, सिने डि सेफले ५, क्युज सिनेमाजले ४, र पोखराको मिड टाउन ग्यालरीले ४ शोज दिएको छ ।

अशोक शर्माले निर्देशन गरेको चलचित्रमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव अभिनेता अंकित शर्मासँगै रविन्द्र झा, निता ढुंगाना, खुस्बु खड्का, बुद्धी तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, अरुणा कार्कीलगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।

निर्देशक शर्माकी श्रीमती किरण शर्मा र छोरी कृति शर्माले निर्माण गरेको चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत रहेको छ ।

बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको चलचित्रका गीतमा भने प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज दिएका छन् । ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन र मित्र डी गुरुङ्गको सम्पादन रहेको छ ।

यो चलचित्रको आगामी असोज १० गते अर्थात भोलि शिक्षाका लागी डायनामिक स्काउट क््रयूको सहयोगार्थ च्यारिट गरिन लागेको समेत निर्देशक शर्माले कोरिबाटीलाई जानकारी दिए

यसै शुक्रबारबाट अर्थात भोलिबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रातो टिका निधारमा’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ ।

बुधबारबाट खोलिएको बुकिङमा ‘रातो टिका निधारमा’ले मल्टिप्लेक्स हलमा उच्च शोज हात पारेको छ । चलचित्रलाई देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले राजधानी र मोफसल गरी ३४ शोज उपलब्ध गराएको छ । भने, विग मुभिजले ६, एफ क्युबले ५, बिएसआरले ६, सिने डि सेफले ५, क्युज सिनेमाजले ४, र पोखराको मिड टाउन ग्यालरीले ४ शोज दिएको छ ।

अशोक शर्माले निर्देशन गरेको चलचित्रमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव अभिनेता अंकित शर्मासँगै रविन्द्र झा, निता ढुंगाना, खुस्बु खड्का, बुद्धी तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, अरुणा कार्कीलगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् । निर्देशक शर्माकी श्रीमती किरण शर्मा र छोरी कृति शर्माले निर्माण गरेको चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत रहेको छ ।

बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको चलचित्रका गीतमा भने प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज दिएका छन् । ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन र मित्र डी गुरुङ्गको सम्पादन रहेको छ ।

यो चलचित्रको आगामी असोज १० गते अर्थात भोलि शिक्षाका लागी डायनामिक स्काउट क््रयूको सहयोगार्थ च्यारिट गरिन लागेको समेत निर्देशक शर्माले कोरिबाटीलाई जानकारी दिए ।

Leave a Reply