सुनिल कुमार शर्माको तीज गीत ‘ऐना हेरी भुतुक्कै लाजैले’ लाई १० लाख भन्दा बढी भ्युज

पछिल्लो समय विभिन्न गीतहरु मार्फत बजारमा छाईरहेका गीतकार सुनिल कुमार शर्मा ‘ शर्मा जी प्युठान’ को तीज गीत ‘ ऐना हेरी भुतुक्कै लाजैले ‘ १० लाख पटक भन्दा बढी हेरिएको छ।

तीजको मौलिकपनको झझल्को दिने गीतमा सिन्धु मल्लको स्वर रहेको छ भने पवन रानाभाटको कम्पोज तथा एरेञ्ज रहेको छ। गीतको मिक्सिंग तथा मास्टरिङ्ग भने श्याम स्वेत रसायलीले गरेका छन्।

भिडियोमा चर्चित ट्विनि गर्ल्स प्रिज्मा खतिवडा र प्रीन्सी खतिवडा स्नागे सिन्धु मल्लको पनि अभिनय रहेको छ। दिलासा बस्नेत तथा मनोज बस्नेतको निर्माणमा तयार भएको भिडियोको छायांकन राम कुमार केसीले गरेका छन्नि भने निर्देशन टेकेन्द्र शाहले गरेका छ।
भिडियो :

Leave a Reply