परिजिता बास्तोला ‘द भ्वाइस’को शीर्ष १० मा प्रवेश

नेपालीमूलकी परिजिता बास्तोला अमेरिकी संस्करणको टेलिभिजन रियालिटी शो ‘द भ्वाइस’को शीर्ष १० मा प्रवेश गरेकी छन् । मंगलबार शीर्ष १० मा पर्ने प्रतियोगीहरूको नाम घोषणा गर्ने क्रममा उनी आफूलाई सुरक्षित राख्दै अर्को चरणमा प्रवेश गरेकी हुन् । प्रतिस्पर्धामा उनी दर्शकको भोटको आधारमा आगामी चरणमा पुग्न सफल भएकी हुन् ।

जोन लिजेन्ड समूहमा रहेर प्रतिस्पर्धा गरिरहेकी उनले एडेलको गीत ‘अल आइ आस्क’ गाएकी थिइन् । उनको उक्त गीतलाई पनि जजहरुले प्रशंसा गरेका छन् । उनी ‘द भ्वाइस’मा सहभागी हुने नेपाली मूलकी प्रथम नेपाली अमेरिकी हुन् । परिजिताले भिडियो सन्देश जारी गर्दै आगामी चरणका लागि भोट गर्न दर्शकलाई आग्रह गरिरहेकी छन् ।

Leave a Reply