‘कहिले भेट्ने खै २ ’मा नाजिर र शिल्पाको बिछोड (भिडियो सहित)

अलमोडा राना उप्रेती को स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘कहिले भेट्ने खै २ ’ बोलको गीतमा नायिका शिल्पा मास्के,नाजिर हुसेन र बिकास लामिछने फिचर्ड छन् । यो गीत ३ बर्ष अघि रिलिज भएको ‘कहिले भेट्ने खै ’को दोस्रो सिरिज रहेको छ ।

एत के मोसन पिक्चर्सको अफिसियल युट्युब च्यानल मार्फत आईतबार सार्वजनिक भएको म्युजिक भिडियोले माया र बिछोडको भाव देखाउछ । अलमोडा राना उप्रेतीको शब्द र संगीत रहेको गीतलाई उप्रेतीले नै एरेञ्ज गरेका हुन् ।

गीतको भिडियोलाई मनोज बस्नेतले निर्देशन गरेका हुन् भने राम कुमार केसीले छायाँकन गरेका हुन् ।

Leave a Reply