बालगायक सचिन परियार अस्पताल भर्ना

बालगायक सचिन परियार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार हुन सकेको छैन ।

सचिनसँग नजिक रहेका कमल सरगम यो सानो भाइ सचिनको अबस्थामा देखेर निकै पीडा लाग्यो , बोल्न समेत नसक्ने भएका रहेछन ,उपचारको लागि खर्च नभएर आमा छट्पटाइ रहेकि छिन , हाम्रो इसा फाउन्डेसनको आकस्मिक बैठक बसेर सचिनको उपचारलाई २० हजार प्रदान गर्ने र फेरि सहयोग गर्ने सस्थाको संरक्षक Sabi Thapa दिदी र इन्द्र भेना सङ्गै अध्यक्ष Narayan Rayamajhi र सहयोग सङ्गकलन समितिकी संयोजक Tika Sanu लगाएतबाट निर्णय भएको छ ।सस्थाको सहयोग गायक Rabin Lamichhane सर र म गएर दिने छौ र थप सहयोग जुटाउने प्रयास गर्नेछौ , बाबुलाई के भएको अझै बुझेर जानकारी दिने छौ

युट्युबमा अन्तर्वार्ता दिएर भाइरल समेत बनेका उनले चर्चित टीभी श्रृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही सांगीतिक भिडियोमा अभिनय गरेका छन् । सरगमले फेसबुकमा तस्वीरसहितको सूचना पोस्ट गर्दै खर्च अभावमा सचिनको उपचार राम्रोसँग हुन नसकेको र उनी बोल्न सक्ने अवस्थामा नरहेको उल्लेख गरेका छन् ।

Leave a Reply