सुवेक्षा खड्काको तीन वर्षपछि चलचित्र ‘प्रेमा’बाट कमब्याक

मोडल सुवेक्षा खड्काले २०७५ सालमा चलचित्र ‘रणवीर’ बाट नेपाली चलचित्र क्षेत्रमा नायिकाकपो रुपमा डेब्यू गरेकी हुन् । सुवेक्षाले पहिलो चलचित्रमा काम गरेको ३ बर्षपछि दोश्रो चलचित्र ‘प्रेमा’मा काम गरिरहेकी छिन् । चलचित्रमा उनी टाइटल क्यारेक्टरमा छिन् ।

चलचित्रलाई ‘रणवीर’ निर्देशक गोविन्द सिंह भण्डारीले नै निर्देशन गरिरहेका छन् । ‘प्रेमा’ मा आबद्ध भएपछि सुवेक्षाले हरेक चलचित्र झैँ यो चलचित्रले पनि आफ्नो मुटुमा विशेष स्थान बनाएको उल्लेख गरेकी थिइन् । निर्देशक भण्डारीबाट आफूले धेरै सिक्न पाएको बताउँदै उनले यो प्रोजेक्टमा आफूलाई विश्वास गरेकोमा धन्यवाद व्यक्त गरेकी छन् ।

यो चलचित्रको छायांकन २ साता अघिदेखि सुरु भएको निर्माणपक्षले बताएको छ । गोविन्द निर्माता रोज राणाको नयाँ चलचित्रमा काम गर्ने तयारीमा थिए । तर, यो चलचित्रको छायांकन पोष्टपोन्ड भएपछि उनले ‘प्रेमा’को काम अगाडि बढाएका हुन् ।

रणवीर रिलिजपछि सुवेक्षासंगै ‘रणवीर’ बाट नै नेपाली चलचित्र क्षेत्रमा नायिकाकपो रुपमा डेब्यू गरेकी अभिनेत्री सुपुष्पा भट्टको अभिनयलाई भने दर्शक र समीक्षकले सुवेक्षाको बढी रुचाएका थिए । यो चलचित्रपछि सुपुष्पालाई चलचित्र र म्यूजिक भिडियोमा काम गर्न भ्याइनभ्याइ हुन थाल्यो तर सुवेक्षाको हातमा भने दोस्रो चलचित्र आउने तीन वर्ष लागेको छ ।

लामो समय पस्चात ठुलो पर्दामा कम्ब्याक गरेकी सुवेक्षा खड्का सुन्दरी प्रतियोगीताबाटै आएकी हुन् । उनी मिस नेपाल इन्टरनेसनल २०१२ र वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१७ की विजेता हुन् ।

जिल्ला प्रशासन कार्यलयले चलचित्र छायांकनका लागि अनुमती दिएपछि धमाधाम चलचित्रहरु फ्लोरमा निस्कन थालेका हुन् । गत वर्ष ९ महिना बन्द भएर खुलेका सिनेमा हल कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै तीन महिनामै बन्द भयो । पछिल्लो समय संक्रमण दर कम हुँदै गएपछि सरकारले गत हप्ता स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का सिनेमा हल सञ्चालन गर्न अनुमति दिएको छ । तर, हल भने अझै खुलेका छैनन् ।

Leave a Reply