‘कामिनो’मा एकसाथ देखिँदै सौगात र प्रदीप

दीपक ओलीको निर्देशनमा निर्माण हुृने चलचित्र ‘कामिनो’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। निर्माण टिमले उनीसँग शुक्रबार लिखित सम्झौता गरेको हो । अभिनेता प्रदिप खड्काको मुख्य भूमिकामा निर्माण हुन लागेको चलचित्रमा नीति शाह, वर्षा सिवाकोटी र राजबल्लभ कोइराला पनि फाइनल भैसकेका छन् ।

आगामी बैशाख १५ गतेबाट छायांकन सुरु हुन लागेको फिल्मका लागि केही दिनअघि वर्कसप भएको थियो । जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामाथि निर्माण हुन लागेको फिल्मका कार्यकारी निर्माता सुनिल विष्ट गौली हुन् भने पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । फिल्मको छायांकन नेपालका साथै ल्याटिन अमेरिकाका विविध स्थानमा हुनेछ ।

नेपाल र ल्याटिन अमेरिकाका बिबिध स्थानमा छायांकन हुने फिल्म प्रेम,रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताएका छन् । चैत्र तेश्रो साताबाट छायांकन गर्ने लक्ष्य राखिएको फिल्म सौरभ लामाले खिच्ने छन् । फिल्ममा एसडि योगी र अलिस कार्कीको संगीत,सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन रहेको छ । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्मको सहायक निर्देशकमा अमृतमान ओली छन् । स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् ।

Leave a Reply