घरबाटै अभिनय गरेर बन्यो चलचित्र ‘लकडाउन’ (चलचित्र सहित)

विश्व यतिबेला कोरोना भाइरसबाट आक्रान्त छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यतिबेला नेपाल पनि लकडाउनमा छ । यो भाइरसको संक्रमण फैलिन नदिन सरकारले बैशाख १५ गतेसम्मलाई लकडाउन गरेको छ । वर्षमा विरलै घरमा फुर्सदसँग बस्न पाउने सेलिब्रेटीहरु अहिले परिवारसँग समय काटिरहेका छन् । लकडाउनमा घरमै रहँदा पनि कलाकारहरुले चेतनामुलक भिडियो सामाग्री भने तयार पारिरहेका छन् र घरमै विशेष सावधानी अपनाउन पनि अपिल गरिरहेका छन् ।

लकडाउनको समयमा कोही कलाकारहरु खाना पकाइरहेका छन् , कोही किताब पढ्दै, कोही आफ्नो रुचि पुरा गर्दैछन् भने कोही नयाँ कन्सेप्टको विकास गरिरहेका छन् ।  यसैगरी अभिनेता सन्दीप क्षेत्रीले होम क्वारेन्टाइनको समय प्रयोग गर्दै ‘लकडाउन’ नामक शर्ट चलचित्र तयार पारेका छन् । सन्दीप आफैले लेखेको कथामा बरिष्ठ कलाकारहरु मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, किरण के.सी., निर्मल शर्मा, संजय श्रेष्ठ र सन्दीप क्षेत्रीको अभिनय रहेको छ । सबै कलाकारहरुले आ-आफ्नै घरबाट चलचित्रमा अभिनय गरेका हुन् । चलचित्रमा लकडाउनको बेला घर बाहिर निस्कन मन लागेको एक यूवाको कथा समेटिएको छ ।

Leave a Reply