कालिप्रसाद र इन्दिरा सांगीतिक कार्यक्रमका लागि अमेरिका टुर गर्दै

संगीतकार तथा गायक कालिप्रसाद बासकोटा र गायिका इन्दिरा जोशीले सांगीतिक कार्यक्रमका लागि अमेरिका टुर गर्ने भएका छन् । ३ ई इन्टरटेनमेन्ट एलएलसीले आयोजना गर्न लागेको ‘युएसए टुर २०२३’मा उनीहरुले आफ्नो प्रस्तुति दिनेछन् । ३ ई इन्टरटेनमेन्ट एलएलसी युवा सुरेश सापकोटाले स्थापना गरेका हुन् । सुरेशले कालि र इन्दिराको प्रस्तुतीले संस्कृति, संगीत र एकताको उत्सवलाई मजुबत बनाउन नेपाली सांगीतिक प्रस्तुतीले दर्शकलाई मोहित बनाउनेमा आशावादी रहेको बताए ।

‘यो अविश्वसनीय भ्रमणका लागि कालिप्रसाद बासकोटा र इन्दिरा जोशीलाई अमेरिका ल्याउन पाउँदा हामी हर्षित छौं’, संस्थापक सापकोटाले भने, ‘उनीहरुको अद्वितीय शैली र चुम्बकीय स्टेज उपस्थितिले लाखौंको मन जितेको छ । हामी निश्चित छौं कि उहाँहरुको प्रदर्शनले विविध पृष्ठभूमिका दर्शकलाई गहिरो रुपमा प्रतिध्वनित गर्नेछ ।’ यो कार्यक्रमका लागि कलाकारको व्यवस्थापन पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क प्रालिले गरेको छ । यो टुर अक्टोबर ७ देखि नोभेम्बर १४ सम्म हुनेछ ।

कालि र इन्दिराले संगीतको लागि आफ्नो जोश साझा गर्न र दर्शकलाई अविस्मरणीय अनुभवमा डुबाउन उत्सुक रहेको बताएका छन् । ‘युएस टुर २०२३’ अन्तर्गत अमेरिकाका प्रमुख १० सहरमा सांगीतिक प्रस्तुती हुनेछ । कार्यक्रम हुने सहर र स्थान चाँडै घोषणा गरिने आयोजकले जनाएका छन् । आयोजकले आधिकारिक वेभसाइट www.KNIUSTOUR2023.com बाट अन्य जानकारी लिन सक्ने जनाएको छ । सापकोटाले टुरका लागि चाँडै टिकट बिक्रीमा राखिने बताए ।

कलाकारको कुरा गर्दा कालि नेपालका लोकप्रिय गायक, संगीतकार तथा गीतकार हुन् । उनी आत्म–उत्तेजक धुन र भावनात्मक प्रस्तुतीका लागि परिचित छन् । उनले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय
बजारमा पु¥याउन उत्तिकै योगदान दिएका छन् । त्यस्तै गायिका इन्दिरा शक्तिशाली स्वर र चुम्बकीय स्टेज उपस्थितिका लागि प्रख्यात छिन् । उनले विभिन्न सांगीतिक प्लेटफर्ममा आफ्नो गर्विलो उपस्थितिका साथ लाखौं फ्यानको मन जितिसकेकी छन् । उनी आफ्नो गीतका कारण घर–घरमा चिनिएका छन् ।

३ ई इन्टरटेनमेन्ट एलएलसीले अमेरिकामा यसअघि फिल्ममा हाइ प्रोफाइल इभेन्टहरु आयोजना गर्दै आएको छ । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवक)ले नेपालको नाम चलेको ट्यालेन्ट मेनेजमेन्ट र इभेन्ट प्रोडक्सन कम्पनी हो । यसका प्रबन्ध निर्देशक विकेश कायस्थ हुन् । यो कम्पनीले नेपालमा विभिन्न समयमा कलाकारको व्यवस्थापन गर्दै देशभरी सांगीतिक टुरको कार्यक्रम गरिसकेको छ ।

Leave a Reply