बलिउड चलचित्र ‘इश्क पश्मीना’ को टिजर र गीत काठमाडौंमा सार्वजनिक

बलिउड चलचित्र ‘इश्क पश्मीना’ले टिजर र गीत रिलिज गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच निर्माण कम्पनी कृष्ण शन्ति प्रोडक्सन हाउसले चलचित्रको टिजर र गीत सार्वजनिक गरेको हो । निर्माता सुरज सूर्या मिश्र, अभिनेता भाविन भानुशाली र अभिनेत्री मालती चाहरसहितको टोली कार्यक्रममा सहभागी थिए । भाविन र मालतीको यो डेब्यु चलचित्र हो ।

भाविन भारतका लोकप्रिय टिकटक स्टार हुन् भने मालती भारतीय क्रिकेटर दीपक चाहरकी बहिनी हुन् । चलचित्र प्रेम कथामा बनेको कार्यक्रममा निर्माता सुरज सूर्या मिश्राले जानकारी दिए । नेपाल र भारत निकट मित्र रहेकोले सम्बन्धलाई अझै भावनात्मक बनाउन आफूहरुले नेपालमा टिजर र गीत रिलिज गरेको निर्माता मिश्रले बताए । चलचित्रको निर्देशन अरबिन्द पाण्डेले गरेका हुन् । फिल्म नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने बताइएको छ ।

Leave a Reply