राधिका कँडेलको स्वरमा ‘तिम्रो मुटु’ गीत सार्वजनिक(भिडियो)

संचारकर्मी राधिका कँडेलको स्वर रहेको ‘तिम्रो मुटु’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अश्विन अधिकारीको शब्द तथा संगीत रहेको छ । सोमबार राधिकाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा राधिका कँडेल आफै फिचर्ड छन् । ‘तिम्रो मुटु’ मार्फत गायिका बनेकी राधिकाले गीत मार्फत प्रेम आशक्तिको कुरा गरेकी छिन् । हरि हुमागाँइको छायांकन रहेको भिडियोलाई रमेश थापाले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।भिडियो हेर्नुहोस् :

Leave a Reply