‘हिमालय रोडिज सिजन ३’का विजेता सुजन सुवेदीलाई पुरस्कार हस्तान्तरण(भिडियो)

‘हिमालयन रोडिज सिजन ३’ का विजेता सुजन सुवेदीलाई पुरस्कार हस्तान्तरण गरिएको छ । उनलाई १० लाख रुपैयाँ र यामाहा बाइक हस्तान्तरण गरिएको हो । काठमाण्डौमा हिजो आयोजना गरिएको पत्रकार सम्मेलनमा हिमालय टेलिभिजनमा प्रमुख धर्मराज भुषालले विजेता सुजनलाई पुरस्कार हस्तान्तरण गरेका थिए । टिम ग्रिन अर्थात लाउरेको टिमका सुजन सुबेदी फाइनलमा दिइएको टास्क सबै भन्दा पहिले सक्काएर विजेता घोषित भएका हुन् । पोखराका सुवेदी सोमबार साँझ हिमालय टेलिभिजनबाट प्रसारित ग्राण्ड फिनालेमा रोडिज सिजन ३ को विजेता घोषित भएका हुन् । सुजन अडिसन, कलिङ र जर्नि राउन्ड हुँदै टप तीनमा पुगेका थिए ।

हिमालय रोडिजको तेश्रो सिजन ४ महिनासम्म चलेको थियो । लकडाउनका कारण १५ औं एपिसोडमा पुगेर रोडिजको प्रशारण रोकिएको थियो । लकडाउन खुलेपछि हिमालय टीभीमा रोडिजको प्रशारण सुरु भएको थियो भने १८ औं भागमा यसको फाइनल सम्पन्न भएको हो । पुरस्कार ग्रहण गर्दै सुजनले ‘हिमाल रोडिज’को विजेता बन्न पाउँदा खुशी लागेको बताए । उनले, आफ्नो मिहिनेत र लगावले नै चर्चित रियालिटी शोको विजेता बन्न सकेको बताए ।

Leave a Reply