‘डान्सिङ विथ दि स्टार्स’ प्रसारणको अन्तिम तयारीमा हिमालय टीभी

लकडाउन अगाडि घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ हिमालय टेलिभिजनबाट प्रसारणको अन्तिम तयारी भइरहेको छ । यसबारे कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले,‘हामीले सबै तयारी पहिले नै सकिसकेका थियौँ, लकडाउन सुरु भएपछि सुटिङ रोक्नुपरेको थियो’ भनेका छन् । उनले सरकारले तय गरेको गाइडलाइन फलो गर्दै सुटिङको तयारीमा जुटेको पनि बताएका छन् । २६ श्रृङ्खलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एक-एक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिष्पर्धामा भाग लिन्छन् । हरेक साता हुने भोटिङबाट एक जना बाहिरिँदै जान्छन् ।

‘लकडाउनका बेला पनि सुटिङ गर्न सकिने गरी बिबिसीले नयाँ गाइडलाइन बनाएको र लकडाउनकै बिचमा २७ वटा मुलुकमा ‘डान्सिङ विथ दि स्टार’ सुटिङ र प्रसारण भइसकेकोले आफूहरूले पनि त्यसैलाई पछ्याएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले बताएका छन् । लकडाउनका बेला घरमै थुनिन बाध्य नेपाली दर्शकका लागि मनोरञ्जनको पूर्ण प्याकेजका रूपमा यो रियालिटी सो ल्याउन लागिएको हिमालय टेलिभिजनले जनाएको छ ।

Leave a Reply