कविता नेपालीको साथमा ‘टिम कार्टुन’को ‘सानी सानी’ गीत सार्वजनिक(भिडियो)

टिम कार्टुनले नयाँ गीत सार्वजनिक गरेका छन्। गायक मोहन खतिवड़ाको स्वर रहेको गीत ‘सानी सानी’ सार्वजनिक भएको छ । गीतमा सौरभ तिमल्सिनाको शब्द र आसुसेन लामाको संगीत रहेको छ । शुक्बार ‘टिम कार्टुन’कै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा टिम कार्टुन,साजन चौहान,सबिन चौहान,राजन घले,लाक्पा दि लामा,आसुसेन लामा र कविता नेपाली फिचर्ड छन् । लाक्पा दि लामा र राम घलेको निर्देशनमा बनेको यो भिडियोमा सुबिन चौहानको कोरियोग्राफी र कन्सेप्ट रहेको छ । टिम कार्टुनको साथमा कविता नेपालीको नृत्य एकदम राम्रो रहेको छ। गीतको भिडियो निकै रमाइलो र राम्रो बनेको छ।भिडियो हेर्नुहोस् :

Leave a Reply