सञ्जय दत्तलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना

भारतीय अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको हो । ६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई सास फेर्न गाह्रो भएलगत्तै अस्पताल लगिएको थियो । अस्पताल भर्ना गरिएलगत्तै उनको कोभिड १९ परीक्षणका लागि स्वाव संकलन गरिएको थियो । भारतीय मिडियाहरूमा उल्लेख गरेअनुसार उनको कोभिड १९ को रिपर्ट नेगेटिभ आएको छ । आफ्नो स्वास्थ्यमा समस्या देखिएको खबरलाई सञ्जयले ट्वीटरमा ट्वीट समेट गरेका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘लिलावती अस्पतालका डाक्टर र नर्सको उत्कृष्ट कामले म सन्चो भएर १/२ दिनमा डिस्चार्ज हुनेछु ।’ यसका साथै आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सम्पुर्ण शुभेच्छुकलाई धन्यवाद ज्ञापन गरेका छन् ।सञ्जयले केहीदिन पहिले मात्रै उटीमा ‘सडक २’को बाँकी छायाँकन पुरा गरि घर फर्केका थिए । यसैले पनि श्वास प्रश्वासमा समस्या देखिएपछि कोरोना संक्रमणको आशंका गरिएको थियो ।

Leave a Reply