थलापति विजयले ‘बिस्ट’को लागि लिए सय करोड पारिश्रमिक!

साउथका सुपरस्टार थलापति विजयले चलचित्र‘मास्टर’बाट आफ्नो स्टार पावरलाई पुन: परिभाषित गरे। २०२१ मा रिलिज भएको उक्त चलचित्रले, कोभिडको पहिलो लहर पछि, बक्स अफिसमा ठूलो कमाई गरेको थियो । अब, सबैजना उनको अर्को चलचित्र ‘बीस्ट’ को पर्खाइमा छन्। गत मार्च २०२१ मा विजयको ‘बिस्ट’ आधिकारिक रूपमा घोषणा गरिएको थियो।

यसैबीच उनले आगामी चलचित्र ‘बिस्ट’ का लागि १०० करोड भारु पारिश्रमिक बुझेका छन् । उनको यो पारिश्रमिक चलचित्रको बजेटको आधाभन्दा बढी रहेको भारतीय संचारमाध्यमले उल्लेख गरेको छ । नेल्सन दिलीपकुमारले निर्देशन गर्ने चलचित्रमा विजय र पूजा हेगेडाको मुख्य भूमिका रहेको छ । एक्सन थ्रिलरको यो चलचित्र यसै वर्षको १४ अप्रिलमा रिलिज हुँदै छ । थलापतिले ‘मास्टर’मा ८० करोड पारिश्रमिक लिएका थिए ।

Leave a Reply