प्रदीपको ‘कामिनो’मा भित्रिइन् वर्षा

अभिनेता प्रदिप खड्काको मुख्य भूमिकामा निर्माण हुन लागेको चलचित्र ‘कामिनो’मा अभिनेत्रीको लागि वर्षा सिवाकोटी तय भएकी छन् । मंगलबार वर्षाले आफ्नो फेसबुकमा निर्देशक वली, कार्यकारी निर्माता सुनिल विष्ट गौली र सञ्चार संयोजक लक्ष्मण सुवेदीसँगको एक तस्बिर साझेदार गर्दै ‘भेटघाट’ भनेर क्याप्सन लेखेकी छन् । वर्षासँग मौखिक सहमति भएको छ र केहि दिनमा कागजी सम्झौता पनि गर्ने निर्माण टिमको तयारी छ।

चलचित्रमा दुई अभिनेत्रीमध्ये एउटा रोलको अफर वर्षालाई गरिएको हो भने अर्को अभिनेत्रीको खोजी जारी छ । यस्तै, चलचित्रमा अर्को एउटा नायक पनि फाइनल हुन बाँकी छ । वर्षाको जोडी फिल्ममा कुन नायकसँग बाँधिनेछ भन्ने खुलाइएको छैन ।

एक्सेस नेपाल फिल्मस्को निर्माण,पूणर् लामा कृएटिभ डिरेक्टर र सुनील बिष्ट गौली कार्यकारी निर्माता रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । नेपाल र ल्याटिन अमेरिकाका बिबिध स्थानमा छायांकन हुने फिल्म प्रेम,रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताएका छन् । चैत्र तेश्रो साताबाट छायांकन गर्ने लक्ष्य राखिएको फिल्म सौरभ लामाले खिच्ने छन् ।

फिल्ममा एसडि योगी र अलिस कार्कीको संगीत,सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन रहेको छ । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्मको सहायक निर्देशकमा अमृतमान ओली छन् । स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् ।

Leave a Reply