‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक, भदौ २४मा प्रदर्शन हुने

गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित चलचित्र ‘गोर्खा स् बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कुलवीर थापाले जर्मनसँगको एक युद्धमा देखाएको बहादुरीको कथालाई प्रस्तुत गरिएको छ । ट्रेलर सार्वजनिकसँगै आगामी भदौ २४ गतेलाई चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।

प्रदीप शाही निर्देशित चलचित्रमा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजन गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ । शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् । नेपाल प्रदर्शनभन्दा अगाडि चलचित्रको यूके, अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा स्क्रिनिङ हुनेछ । नेपालमा चलचित्रलाईआरआर फिल्मस् (रोहित-रत्न) ले वितरण गर्नेछ ।

Leave a Reply