फेरि सर्‍यो दयाहाङ राईको ‘नीरफूल’

गत भदौ २७ मै प्रदर्शनका लागि तयार रहेको फूलमान वल निर्देशित चलचित्र ‘नीरफूल’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। यो चलचित्रको पोस्ट प्रोडक्सनमा ढिलाइ भएपछि रिलिज डेट पोस्टपोन्ड भएको थियो । अब, फागुन ३० गतेबाट चलचित्र देशव्यापी प्रदर्शनमा आउने भएको छ । भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा चलचित्र आधारित रहेको बताइएको छ ।

गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको चलचित्रमा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् । चलचित्रमा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । भने, दयाहाङको जोडीको रुपमा देखिन लागेकी शान्तिको यो डेब्यु चलचित्र हो ।

चलचित्रको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् । निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भूकम्प बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए । हालसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति चलचित्रमा देखाइएको उनी बताउँछन् ।

फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता दुबईकी डोमा सोनाम हुन् । निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङलगायत छन् । चलचित्रलाई प्रमोद कार्कीले खिचेका हुन् । भने, अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत छ ।

Leave a Reply