निश्चलको ‘दिमाग खराब’को टिजरमा जनता र शक्तिबीचको कथा

निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ को टिजर सार्वजनिक गरिएको छ । आगामी तिहारको छेको पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको टिजरमा जनता र शक्ति (राजनीति)बीचको कथावस्तुलाई देखाइएको छ । अभिनेता सौगात मल्लको ‘भ्वाइस ओभर’मा रहेको टिजरमा दृश्यको समीकरण र ब्याकग्राउन्ड स्कोर दमदार छ ।

यो सोसल तथा पोलिटिकल ड्रामा फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह आदिको अभिनय छ ।

‘दिमाग खराब’मा आकाश बरालको पटकथा लेखन रहेको छ । ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुने फिल्ममा निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । फिल्मको निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् ।

Leave a Reply