दयाहाङ र सौगातको ‘हात्तीछाप’को निर्मातामा दीपक मनाङे

अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको अभिनय रहने चलचित्र ‘हात्तीछाप’मा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे निर्माता बन्ने भएका छन् । चलचित्र ‘पोई पर्‍यो काले’ र ‘२ नम्बरी’ फेम्ड निर्माता किरण नेपालीले निर्माण गर्ने यो चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्ने छन् ।

यस वर्ष ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ गरी दुई सफल फिल्म दिएका सुपरस्टार द्वय दयाहाङ राई र सौगात मल्लले फिल्म ‘हात्तीछाप’मा पुनः एकसाथ काम गर्ने भएका छन् । चलचित्रका लागि अन्य कलाकारको छनौट भने हुन बाँकी छ ।
फिल्मको छायांकन चैतदेखि पाल्पा र काठमाडौंमा गर्ने तयारी छ । एक्सन थ्रिलर फिल्ममा पुष्कर गुरुङ, बुद्धि तामाङ र प्रकाश घिमिरेको समेत अभिनय हुनेछ ।

‘तेस्रो प्रोजेक्टमा हामी उहाँसँग सहकार्य गर्दैछौं,’ प्रस्तुतकर्ता किरण नेपालीले भने, ‘यो सहकार्य अझै मजबुत हुनेछ भन्ने हाम्रो आशा छ ।’ यी दुईको सहकार्यमा बनेको दुई नम्बरी वर्ष २०७९ को हिट फिल्म हो भने पोइ पर्‍यो कालेले मनाङेलाई निर्माताको रुपमा स्थापित गरेको थियो ।

Leave a Reply