साम्राज्ञी नयाँ चलचित्रमा अनुबन्धित

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । चलचित्र ‘प्रेमगीत ३’का नव अभिनेता मनिष राउतसँग अब नायिका साम्राज्ञीले चलचित्रमा पर्दा शेयर गर्नेछिन् । यो चलचित्रमा नायिका साम्राज्ञीसँगै आना शर्मा पनि अनुबन्धित भएकी छिन् । सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्ने चलचित्रको लागी बिहीबार दुवै अभिनेत्रीले साइन गरेका हुन् । प्रवेश पौडेलले निर्देशन गर्ने चलचित्रको लागी मनिषले केही पहिल्यै सम्झौता गरिसकेका छन् । युवा मनोविज्ञानमा आधिरत रहने चलचित्रको यति बेला स्क्रिप्टको काम भइरहेको बुझिएको छ ।

Leave a Reply